सरकारले गरेको पूर्व तयारी भन्दा ठूलो विपद् आउँदा केही कमजोरी भएकै हो: प्रधानमन्त्री

मंगलबार, असोज १५, २०८१
honor mob  winter sales

काठमाडौं । सरकारको पूर्व तयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

Honor x7 pad

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठुलो विपद् भएकाले कमी कमजोरी भएको हुनसक्ने बताउँदै आगामी दिनमा त्यस्ता कुराहरूलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरे।

प्रधानमन्त्री ओलीले भने-'यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो। हामी सबै विपद्का घटनाबाट दुःखी छौँ' उनले  भने, 'कतिपय संरचनागत त्रुटिका कारण पनि क्षतिहरू भएका छन्। आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीन रूपमा सबल संरचना बनाइनेछ।'

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्