दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौं अदालतको आदेश

मंगलबार, असोज १५, २०८१
Honor 600 pro

काठमाडौँ। जिल्ला अदालत काठमाडौंले साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईँलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

साई विरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।

मुद्दामा प्रसाईँलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैँया जरिवानाको माग गरिएको थियो । उनलाई यही असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्