साथीलाई बचाउन गएका थिए कर्णेल केसी, आफैं पहिरोमा पुरिएर मारिए

आइतबार, असोज १३, २०८१
Honor 600 pro

काठमाडौं । पहिरोमा पुरिएका साथीलाई बचाउन गएका नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ। 

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ४ स्थित सिन्धु बिच रिसोर्टमा पहिरो जाँदा साथीलाई बचाउन पुगेका नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल मिलन केसीको  मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव केसीले जानकारी दिएक छन् ।

कोरियन साथीहरूसँग बिदामा गएका कर्णेल केसीले पहिरोमा पुरिएका साथीलाई बचाउन पुग्द माथिबाट पहिरो खसेर उनलाई पुरेको नेपाली सेनाले जनाएको छ।

'केसीका कोरियामा स्टाफ कलेज पढ्दाका साथीहरू आएका रहेछन्। उनी निस्किसकेका थिए,’ सहायक रथी केसीले भने, ‘तर साथीलाई बचाउन जाँदा दुखद घटना भयो।’अर्का कोरियन नागरिकको अवस्था अझै अज्ञात छ। 

शान्ति मिसनमा जान छनौट पनि भइसकेका कर्णेल केसी हाल सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत रहदै आएका  थिए। 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्