फेरिए तीन जिल्लाका सीडीओ,२४ उपसचिवको जिम्मेवारी हेरफेर

शुक्रबार, असोज ११, २०८१
Honor 600 pro

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ।

गृहले म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएर पठाइएको छ। त्यस्तै कालिकोटमा नारायणप्रसाद भट्टराईलाई सीडीओ बनाएर सरुवा गरेको छ।

रुकुम पश्चिममा भने कुलबहादुर जिसीलाई सीडीओलाई गृह मन्त्रालयले सरुवा गरेको जनाएको छ।

यसअघि गुरुदत्त कास्कीको सहायक सीडीओ थिए भने नारायण र कुलबहादुर गृह मन्त्रालयमा कार्यरत थिए।

यसैगरी गृह मन्त्रालयले २४ जना उप सचिव तथा सहायक सीडीओको जिम्मेवारी हेरफेर गरेको हो।

यस्तो छ सूची-

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्