रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितको प्रदर्शन

सोमबार, असोज ७, २०८१
honor mob  winter sales

पोखरा । पोखरामा सहकारी ठगी प्रकरणमा दोषी पाइएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा नाराबाजी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी पीडित बचकर्ताले एकातिर प्रदर्शन गरेका छन् भने रास्वपाका कार्यकर्ताले षडयन्त्र गरेर फसाउन थालिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

Honor x7 pad

सहकारीको पैसा गोरखा मिडिया प्रालिमार्फत ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडितले नारा लगाइरहेका छन् भने तीन महिना भन्दा बढी समय लगाएर संसदीय समितिले सहकारी प्रकरणको छानबिन गरेर तयार पारेको प्रतिवेदनमा दोषी देखिएका विलाई उल्टै फसाउन खोजिएको भन्दै शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । 

कार्यकर्ताहरुले  ‘फासिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् । रविलाई सरकारले फसाउने षड्यन्त्र गरेको भन्दै त्यसको प्रतिवाद गर्ने उनीहरुले उद्घोषसमेत गरेका छन् ।

गोरखा मिडिया प्रालिका पूर्व सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ । उनलाई आइतबार काठमाडौँमा पक्राउ गरी पोखरा ल्याइएको हो । 

रविकै संलग्नतामा रकम अपचलन भएको भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गोर्खा मिडियासहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए ।

सरकारले छानबिन समिति बनाउन नै ढिला गरेको थियो । अहिले समितिले कारबाहीका लागि सिफारिस गरे पनि रवि र उनको पार्टीका नेता कार्यकर्ता भने प्रतिशोध साँध्न भरिरहेका छन् । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्