हामी कमजोर छौँ भनेर हिन भावना लिनु सही हुँदैन: प्रचण्ड

शनिबार, असोज ५, २०८१
honor mob  winter sales

काठमाडौं  पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठक (सदन) अवरोधलाई जारी राख्ने बताएका छन्।

Honor x7 pad

आज कोटेश्वरस्थित पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै  प्रचण्डले संविधान र शान्ति सम्झौता विपरीतका गतिविधि अभिव्यक्ति संसदबाट आएका कारण अवरोध कायम रहने बताएका हुन्।

‘संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरीत हत्या, हिंसा भनियो। हामी सदन अवरोधको स्थितिमा छौं। र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौं। हामी छोड्दैनौं,’ उनले भने, ‘प्रतिनिधि सभामा नहुने साथीहरुले सडकबाट उठाइदिनपर्‍यो।’

यद्यपि संघीय संसदको चालु अधिवेशन अन्त्य भइसकेको छ। प्रचण्डले संविधान उल्लंघन गर्ने, शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार त्यही सम्झौता गर्नेहरूलाई नभएको बताए। यही कुरा संसदमा जबरजस्त ढंगल उठाइएको उनले बताए।

अध्यक्ष प्रचण्डले प्रतिनिधि सभामा संख्यामा कमजोर भनेर हेप्न खोजिएको तर विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा गरिएको व्यवस्थाका कारण माओवादी कमजोर नभएको बताए।

‘हामी कमजोर छौँ भनेर हिन भावना लिनु सही हुँदैन। सदनमा हेर्ने हो भने संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु हामीले असफल बनायौँ,’ प्रचण्डले भने।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्