रवि लामिछानेले बिना लगानी १५ प्रतिशत शेयर पाउनु आँफैमा एउटा अनियमितता र भ्रष्टाचार हो: महासचिव शंकर पोखरेल

शनिबार, असोज ५, २०८१
honor mob  winter sales

दाङ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाको कर्म भ्रष्टाचारी नै भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले  बताएका छन ।

Honor x7 pad

प्रेस चौतारी दाङले आज दाङको घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर प्राप्त गर्नुपनि आँफैमा एउटा अनियमितता भएको बताएका हुन ।

‘रबी लामिछानेले विना लगानीको शेयर धनी प्राप्त गरेको देखिन्छ । अरु राजनीतिज्ञले त्यसै गरि कुनै संस्थाबाट बिना लगानीको शेर धनि प्राप्त गरे के हुन्छ,’ महासचिव पोखरेलले भने ‘ आँफुले लगानी नै नगर्ने तर १५ प्रतिसत शेर प्राप्त गर्ने भन्ने कुरा आँफैमा अनैतिक र भ्रष्टाचार हो ।’

बिना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरा वा साझेदारी प्राप्त गर्ने कुरा अनुचित कुरा भएको उनले बताए । 'यसमा उहाँले म असाधारण क्षमताको मान्छे हुँ र मलाई यसमा सित्तै दिए मैले लिए भन्ने कुरा कानुनले मान्दैन,’ उनले भने ।

सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको भन्दै भन्दै महासचिव पोखरेलले रवि लामिछानेले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको पाखरेलले दाबी गरे ।

‘सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो,’ उनले भने ‘सहकारीको सदस्य नरहेका रबीले गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका हुन ।’

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्