कोहलपुरबाट करिव ४२ लाखका मोबाइल डिस्प्लेसहित एक भारतीय सशस्त्र प्रहरीको नियन्त्रणमा

शुक्रबार, साउन १२, २०८०
Honor 600 pro

नेपालगन्ज । सशस्त्र प्रहरीले बाँकेको कोहलपुरबाट करिव ४२ लाख रुपैयाँ बराबरको बिभिन्न ब्रान्डका  मोबाइल डिसप्लेसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नं. ३० गण नेपालगन्ज र राजश्व चुहावट नियन्त्रण सुरक्षा वेश कोहलपुरको संयुक्त टोलीले कोहलपुर-११ स्थित कृषिबजार चोक नजिकैबाट भारतका ३६ वर्षीय नावेद अलीलाई ४१ लाख ८१ हजार रुपैयाँ बराबरका मोबाइलका अवैध डिस्प्लेसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार  सवार साउन १० गतेका दिन   से ७ प ८९९९ नम्बरको मोटरसाईकलबाट तस्करी गरेर लैजादै गर्दा नियन्त्रणमा लिइएका अलिलाई  अवैध मोबाइल डिस्प्लेसहित आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार बुझाइएको जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्