उपनिर्वाचनका लागि कार्यातालिका सार्वजनिक

बुधबार, असोज २, २०८१
Honor 600 pro

काठमाडौं । मंसिर १६ गते आइतबार  हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगले स्थानीय तह उपनिर्वाचनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिएको जनाएको छ।

त्यसैगरी असोज २० मा दल दर्ता स्वीकृत गर्ने, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, ३० कात्तिकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र २ मंसिरदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको कार्यतालिका छ । त्यसपछि १६ मंसिरमा निर्वाचन हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्