देउवाले भने- रविले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो

बुधबार, असोज २, २०८१
honor mob  winter sales

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । 

Honor x7 pad

.आज पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले पार्टीले संसद्मा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरू अहिले प्रमाणित भएको दाबी गरे । 

उनले संसदीय छानबिन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भए पनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएको धन्यवाद दिए । उनले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरू सही भएको बताए। 

उनले भने, ‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर । सहकारीको विषय । मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईँले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईँलाई । जिल्लामा राम्रो सङ्गठन बिस्तार गरौँ । झगडा नगरौँ, मिलाउनेतिर लागौँ।’

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्