पढाई छोडेको २१ वर्षपछि वडाध्यक्ष रोकाले पास गरे एसईई परीक्षा

शुक्रबार, असार २२, २०८०
Honor 600 pro

म्याग्दी । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएर अनुत्तीर्ण भएर पढाई छोडेको २१ वर्षपछि एक जना वडाध्यक्षले एसईई पास गरेका छन् । 

मङ्गला गाउँपालिका वडा नं. १ कुहुँ, म्याग्दीका वडाध्यक्ष एकजित रोकाले  २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण भएका हुन् 

म्याग्दीको दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएर एसईई दिएका  वडाध्यक्ष रोकाले बिहीवार प्रकाशित नजितामा २.६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन् । 

२०५८ को  एसएलसीमा फेल भएपछि  वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा ८  वर्ष बिताएका  रोका  २०६९ सालमा घर फर्किएर समाजसेवामा लागेका थिए। 

रोका  गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्