विश्वप्रकाशको रविलाई प्रश्न- समितिले 'क्लिन चिट' दियो कि 'क्लियर चिट' ?

मंगलबार, असोज १, २०८१
Honor 600 pro

काठमाडौँ । सहकारी प्रकरणका दोषी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी रकम अपचलन सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले क्लियर चिट दिएको टिप्पणी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले समितिले ‘क्लिन चिट’ भनेर भ्रम नछर्नु भन्दै ‘क्लियर चिट’ को वास्तविकता बुझ्न अपील गर्दै प्रतिवेदनको गलत ब्याख्या नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँ बरु ‘क्लियर चिट’ किटान गरेको छ, प्रतिवेदनले चिटको अर्थ बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ।’

संसदीय विशेष समितिले रवि लामिछाने सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको छ । तर लामिछानेसहित रास्वपाका नेताहरुले भने समितिले आफूलाई क्लिन चिट दिएको भन्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्