बाँके कांग्रेसका युवा नेता कमल कार्कीलाई पत्नी शोक

मंगलबार, असोज १, २०८१
Honor 600 pro

बाँके नेपाली कांग्रेस बाँकेका युवा नेता कमलराज कार्कीलाई पत्नी शोक परेको छ।

नेपाली कांग्रेस बाँके  क्षेत्र नं १ प्रदेश सभा "क" का उपसभापति कार्कीकी धर्मपत्नी हेमा डाँगी कार्कीको सोमबार भारतको लखनउमा निधन भएको बाँके क्षेत्र नं.१ का क्षेत्रीय सभापति पोषण केसीले बताए।

राप्तीसोनारी -१ भवनियापुर निवासी नेता कार्की पत्नी हेमाको उपचारका क्रममा लखनउको अस्पतालमा निधन भएको क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए। 

स्व.हेमाको आज राप्तीसोनारीस्थित राप्ती नदीमा पार्टीको झण्डा ओढाएर अन्तिम संस्कार गरिएको छ। अन्तिम संस्कारका क्रममा श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता राप्ती नदी पुगेका थिए।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्