रवि लामिछानेले 'क्लिन चिट' पाए भन्दै जनताको आँखामा छारो हाल्ने काम गर्दैछन्: कमल थापा

मंगलबार, असोज १, २०८१
Honor 600 pro

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का अध्यक्ष रवि लामिछानेले 'क्लिन चिट' नपाएर कारबाहीको सिफारिस भएको टिप्पणी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले  गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले क्लिन चिट पाएको भन्दै जनताको आँखामा  छारो हाल्ने काम भएको उल्लेख गरेका छन्।

साथै उनले प्रमुख दलका नेता कार्यकर्ताहरूकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोप समेत लगाएका छन्। 

उनले भने - 'क्लिन चिट' पायो ? होइन, कारबाहीको सिफारिस भयो ? यो जनताको आँखामा छारो हाल्ने काम हो। सत्य के हो भने, प्रमुख दलका नेता कार्यकर्ताहरूकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भइरहन्छ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्