आतिशी दिल्लीकी मुख्यमन्त्री बन्दै

मंगलबार, असोज १, २०८१
Honor 600 pro

काठमाडौं । भारतीय आम आदमी पार्टीबाट सांसद आतिशी मार्लेना नयाँ दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छिन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरे लगत्तै आतिशीलाई संसदीय दलको नेता बनाइएको छ।

केजरीवाल नेतृत्वको सरकारको पर्यटनमन्त्री रहेकी आतिशी केजरीवालको विश्वास पात्रका रूपमा लिईन्छ।

वर्तमान मुख्यमन्त्री केजरीवालले राजीनामा दिने र आतिशीलाई मुख्यमन्त्री बनाउने आम आदमी पार्टीले निर्णय गरिसकेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्