लुम्बिनी कांग्रेस प्रदेशसभा सचेतक गिरीले दिइन् राजीनामा

सोमबार, भदौ ३१, २०८१
Honor 600 pro

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन् । गिरीले संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई आज राजीनामा बुझाएकी हुन् ।

२०७९ साल फागुनमा सचेतक पदमा मनोनित भएकी गिरीले करीब अठार महिनापछि राजीनामा दिएकी हुन्।राजीनामा पत्रमा गिरीले आफ्नो विविध कारणले सचेतकमा निरन्तरता दिन नसकेको उल्लेख गरेकी छन्।

लुम्बिनीमा यसअघि कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि राजीनामा दिएका थिए । गिरी पार्टीमा शेखर(गगन समूहमा छिन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्