सहकारी रकम अपचलनबारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ

सोमबार, भदौ ३१, २०८१
Honor 600 pro

काठमाडौँ। सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्मा पेस गरेको प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न सरकारलाई रुलिङ गरेका छन्।

सोमबार बसेको बैठकमा समितिका सभापति सूर्य थापाले समितिको प्रतिवेदन पेस गरेका थिए।

एमाले सांसद सूर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो।
सुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो।

समितिले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरूसँग गरी ६३ वटा बैठक गरेको थियो। समितिले शनिवार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो।

समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहेका थिए भने एमालेबाट सरिता भुसाल, नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे (दिलेन्द्र प्रसाद बडू) र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। काँग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडुले समितिको सदस्यको रूपमा काम गरिरहेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्