संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

आइतबार, भदौ ३०, २०८१
Honor 600 pro

काठमाडौँ । संसद बैठकको अवरोध नहट्ने देखिएपछि सरकारले जारी संसद अधिवेशन अन्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सोमबारको संसद बैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

माओवादी केन्द्रले ‘हिंसा’ शब्द प्रति आपत्ति जनाउँदै संसदको अवरोध जारी राखेपछि सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

यसअघि आज संसद खोल्नेबारेमा सभामुखले प्रयास गरिरहे पनि माओवादी भने आफ्नो अडानबाट पछि नहट्ने बताएको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्