सभामुखले बोलाए ५ दलका प्रमुख सचेतकलाई

आइतबार, भदौ ३०, २०८१
Honor 600 pro

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिना अवरोध सदन सञ्चालन गर्न प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका निम्ति आमन्त्रण गरेका छन् ।

सङ्घीय संसद्का प्रवक्ता एकराम गिरिका अनुसार सभामुखले आज बिहान साढे  ११ बजे हुने बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, प्रमुख विपक्षी दल (माओवादी केन्द्र) तथा प्रतिपक्षी दल द्वय राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सचेतकलाई छलफलमा आमन्त्रण गरेका हुन् । 

यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति विमति जनाउँदै माओवादी केन्द्रका सांसदहरूले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए । 

यद्यपि सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदहरूले संसद्मा अवरोध गरे । 

उक्त पार्टीका सांसदले आजको बैठकमा पनि अवरोध गर्ने घोषणा सार्वजनिक गरेपछि निकासका निम्ति सभामुखले बैठक डाकेका हुन्।प्रतिनिधिसभाको आजको बैठक अपराह्न १ बजेका निम्ति आह्वान गरिएको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्