बाढीले सशस्त्र प्रहरीको विओपी भवन बगायो

शनिबार, भदौ २९, २०८१
Honor 600 pro

कैलाली । धनगढीस्थित मोहना नदीमा आएको भीषण  बाढीले जिल्लास्थित सशस्त्र प्रहरी बलको दुई वटा बिओपी भवन बगाएको छ।

शुक्रबार राति वर्षासँगै मोहना नदीमा आएको बाढीले धनगढी उपमहानगरपालिका-१९ लल्लीपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुई वटा नयाँ भवन बगाएको प्रहरीले जनाएको  हो। बाढीले एउटा २ कोठे र अर्को एक हल र एक कोठा रहेको दुई वटा भवन बगाएको छ। शुक्रबार दिउँसोदेखि नै बिओपी भवन कटान सुरू गरेपछि सामान अन्यत्र सारिएको थियो।

शुक्रबार राति र शनिबार बिहान गरी भवन पूर्ण रूपमा बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार मोहना नदीको बाढीले बिओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको छ।

प्रहरीका  अनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा परेको छ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्