५ जिल्लाका सिडिओको सरुवा, काठमाडौंमा आचार्य

बुधबार, भदौ २६, २०८१
honor mob  winter sales

काठमाडौं । गृह मन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। गृहले गरेको सरुवामा काठमाडौंको सिडिओमा जयनारायण आचार्यको सरुवा गरेको छ।

Honor x7 pad

काठमाडौंका सिडिओ जितेन्द्र बस्नेतको गृह मन्त्रालयमा सरुवा भएको छ। काठमाडौंको सिडिओमा सरुवा हुनुअघि आचार्य कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए।

त्यसैगरि गृहले अर्घाखाँचीमा बाबुराम अर्याललाई सरुवा गरेको छ। प्युठानमा गृह मन्त्रालयले रमा आचार्य सुवेदीलाई सिडिओको जिम्मेवारी दिएको छ।

त्यस्तै सिन्धुपाल्चोकमा किरण थापा र सिन्धुलीमा लिलाप्रसाद शर्माको सरुवा भएको छ।

 

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्