काठमाडौंबाट हिजोदेखि हराएका १३ वर्षीय बालक प्रनिस भेटिए: बुढानिलकण्ठ प्रहरी

बिहीबार, साउन ११, २०८०
honor mob  winter sales

काठमाडौं । हिजोदेखि हराइरहेका काठमाडौं बाँसबारीस्थित त्रिमूर्ति एकेडेमीमा सात कक्षामा पढ्ने १३ वर्षीय बालक प्रनिस श्रेष्ठलाई प्रहरीले सकुशल फेला पारेको छ।

Honor x7 pad

स्कुल बसबाट हिजो साढे ३ बजे गल्फुटारसम्म आएपनि प्रनिस घर नफर्किएपछि उनकी हजुरआमाले प्रहरीलाई खबर गरेकी थिईन। 

प्रहरीको खोजतलासका क्रममा आज राती १० बजे एक जना होटल व्यावसायीले प्रनिसलाई फेला पारेर बुढानिलकण्ठ प्रहरी चौकीमा बुझाएको बुढानिलकण्ठ   प्रहरी चौकीले बताएको छ।

प्रनिस फेला परेपछि उनकी हजुरआमाले खोजतलासम  सहयोग गर्ने प्रहरी , नाती फेला पार्ने होटल व्यावसायी र पत्रकारहरुलाई धन्यवाद प्रकट गरेकी छिन् ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्