ऐनहरूको अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न सकिएको छैन: मन्त्री सिंह

सोमबार, भदौ २४, २०८१
honor mob  winter sales

काठमाडौँ । देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बताएका छन् ।

Honor x7 pad

मन्त्रालयमा आज नेकपा एमालेको शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। 

उनले जनतालाई सन्तोष पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको बताए । ऐनहरूको अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न नसकिएको भन्दै अहिले सरकारले पुराना ऐनहरूको संशोधन गरी नयाँ ऐन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । आफू मन्त्री बनेर आइसकेपछि सबैभन्दा बढी जोड विकास निर्माणका कामहरू र नीति बनाउने कामलाई दिएको स्पष्ट पर्नुभयो । नीति निर्माण र कार्यान्वयनमा सबैले सहयोग गर्ने अपेक्षा राखेको बताए । 

उनले भने, ‘ऐनहरूको अभावको कारणले गर्दा, पुराना ऐनहरूलाई समय बदलिसकेको छ, पुरानै जमानाको ऐनले काम दिँदैन । त्यो कारणले गर्दा म यहाँ आइसकेपछि सबैभन्दा बढी जोड दिएको विकास निर्माणका कामहरू त भइराख्छ तर नीति बनाउने कुरामा काम गरेको तर कार्यान्वयनमा जान नसकेको अवस्था छ । मन्त्रीपरिषद्मा लगेर, संसद्मा लगेर ऐन बनाउने कुरामा मैले जोड दिइरहेको छु । मलाई विश्वास छ, तपाईँहरूको त्यसमा पूरा सहयोग रहनेछ । अहिले सरकार नेपाली काँग्रेस र नेकपा एमालेकै हो । भनेपछि हामीले जनतालाई सन्तोष पार्न के गर्नुपर्छ, त्यसमा हामी लाग्नुपर्छ ।’

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्