अवैध लाइसेन्सको तत्काल छानबिन गर्न माग

आइतबार, भदौ २३, २०८१
Honor 600 pro

काठमाडौं । अवैध सवारी चालक अनुमतिपत्र(लाइसेन्स) प्रकरणमा छानबिन गरी दोषीलाई कडा कारबाही गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माग गरेको छ।

यातायात विभागलाई आज नेविसंघले ज्ञापनपत्र बुझाउदै अवैध लाइसेन्स प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै यस प्रकरणमा दोषी देखिएका जो सुकै भएपनि कारबाही गर्न माग गरेको हो।

६ महिनाको अवधिमा विभागका जिम्मेवार व्यक्ति र बिचौलियाको मिलेमतोमा जारी भएका करिब ३० हजार अवैध लाइसेन्स विभागको सिष्टममा प्रविष्ट भएको बारेमा सत्यतथ्य छानबिन गरी दोषी देखि एकालाई तत्काल कारबाही गर्न माग नेविसंघले राखेको हो।

लाइसेन्सको प्रक्रिया पूरा गरेर पास भएका २३  लाख जनाले २ वर्षसम्म लाइसेन्स प्राप्त गर्न अझै नसकेकोले उहाँहरुको राज्यप्रतिको विश्वास गुम्न पुगिसकेको हुँदा यस बारेमा समेत नेविसंघले विभागलाई ध्यानाकर्षण गराएको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्