बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री लुम्बिनी

मंगलबार, भदौ १८, २०८१
honor mob  winter sales

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब बनेको बताएका छन् ।

Honor x7 pad

बर्दियाको जिल्लाको पवित्र तीर्थस्थल ठाकुरबाबा मन्दिरको आज अवलोकन गर्दै आचार्यले बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योग्दान पुर्‍याएको तथा बाघ, हात्ती, गैंडा लगायतका दुर्लभ बन्यजन्तु अवलोकनको अन्तर्राष्ट्रिय गन्तव्य बन्न सफल भएको बताए । बर्दियालाई अझै विश्व जगतमा ब्राण्डिङ्ग गर्न प्रदेश सरकारले पहल लिने मुख्यमन्त्री आचार्यको भनाई छ । बर्दियालाई धार्मिक, सांस्कृतिक दृष्टिकोणले समेत स्थापित गर्न सकिने उनले बताए  ।

यहाँको पर्यटन क्षेत्रलाई थप उचाइँमा पुर्‍याउन सरकारले बनाउने पर्यटन सर्किटमा जोड्छौं,झ उनले भने- लुम्बिनीमा आउने पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याउने, धेरै समय अडिने गरी प्याकेज बनाउने गरी काम भइरहेको छ । पर्यटनको विकासले समग्र लुम्बिनीको विकासमा टेवा पुर्‍याउँछ ।

मुख्यमन्त्री आचार्यले बर्दिया जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले योजना तथा बजेटमा प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरे । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्