सशस्त्र प्रहरीका तीन जना एआईजीको सरुवा

मंगलबार, भदौ १८, २०८१
Honor 600 pro

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलतर्फका तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ।

मन्त्रिपरिषद् बैठकले सशस्त्रका एआईजी नारायण दत्त पौडेलको कार्य विभागमा सरुवा गरेको छ। एआईजी पौडेल यसअघि सीमा सुरक्षा विभागमा कार्यरत थिए।

त्यस्तै अर्का एआईजी वंंशीराज दाहालको मानवश्रोत विभागमा सरुवा भएको छ भने एआईजी सिपी गौतमको सीमा सुरक्षा विभागमा सरुवा भएको हो।

दाहाल यसअघि कार्य विभाग र गौतम मानवश्रोत विभागमा कार्यरत थिए।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्