सशस्त्र प्रहरीद्वारा कञ्चनपुरबाट झण्डै ५९ लाखको अवैध सामाग्री

मंगलबार, भदौ १८, २०८१
honor mob  winter sales

कैलाली । कञ्चनपुरबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेको छ। 

Honor x7 pad

सशस्त्र प्रहरीले जिल्लास्थित भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोल सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाट झण्डै ५९ लाखको विभिन्न किसिमका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी बल नंं. ३५ शैलेश्वरी गण कञ्चनपुरबाट खटिएको टोलीले भदौ १६ गते भारतबाट नेपाल ल्याएर भण्डारण गरि राखिएको ५८ लाख ९३ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको हो। बरामद गरिएका अवैध सामाग्रीहरुमा लत्ताकपडा, सवारी साधन तथा मोवाईल पार्ट्स, ईलेक्ट्रोनिक्स सामान लगायतका छन् ।

सशस्त्र प्रहरीले बरामद गरेका सबै अवैध सामाग्रीलाई आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्