नेपालगन्ज रंगशालाले खेलकुद क्षेत्रको विकासमा अहम भूमिका खेलेको छ: प्रचण्ड

आइतबार, भदौ १६, २०८१
honor mob  winter sales

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालगन्ज रंगशालाको अवलोकन गरेका छन् ।

Honor x7 pad

आज बिहान रंगशाला पुगेर अवलोकन गर्दै प्रचण्डले नेपालगन्ज रंगशाला पश्चिम नेपालकै खेलकुद क्षेत्रको विकासमा अहम भूमिका खेलेको र यस रंगशाला खेल क्षेत्रका लागि महत्त्वपूर्ण रहेको बताए।

कर्णाली प्रदेशस्थित सुर्खेतमा आयोजना हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा प्रचण्डले त्यहा हुने केहि खेलहरु नेपालगन्ज सुर्खेतदेखि नजिक भएकाले नेपालगन्ज रंगशालाको पनि उपयोग गरेर फाइदा लिनुपर्ने जिकिर गरे।

माओवादी केन्द्रको नेतृत्वको सरकार भएका बेला पार्टीबाट खेलकुदमन्त्री महेश्वर  गहतराज (अथक) रहेका बेला नेपालगन्ज रंगशालामा पूूर्वाधार निर्माणमा गति लिएको स्मरण गराउदै प्रचण्डले नेपालगन्ज रंगशाला आफ्ना लागि विशेष महत्त्व रहेको बताए।

नेपालगन्ज रंगशाला अवलोकनका क्रममा प्रचण्डसँँगै माओवादीका नेता शक्ति बस्नेत, पूूर्व खेलकुदमन्त्री अथक लगायतको उपस्थिति रहेको थियो।

शनिबार मात्रै प्रचण्डसहितको टोली राष्ट्रिय खेलकुद प्रतियोगिता हुने स्थान सुर्खेत पुगेर अवलोकन गरेर नेपालगन्ज फर्किएको थियो।

 

 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्