दाङको समग्र विकासको माग गर्दै प्रधानमन्त्री वलीपाई ज्ञापनपत्र

सोमबार, भदौ १०, २०८१
honor mob  winter sales

काठमाडौं  । नेपालको सबैभन्दा ठूलो उपत्यका दाङ जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले जिल्लाको समग्र आर्थिक एवं भौतिक विकास सम्बन्धि मागहरु समेटिएको एक मागपत्र  प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

Honor x7 pad

प्रधानमन्त्री निवास बालुवाटारमा  भएको भेटमा दाङको क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दिपक गिरी, नेकपा एमाले महासचिव शंकर पोख्रेल लगायतका नेताहरुले साविक राप्ती अञ्चलको गेटवेको रुपमा रहेको दाङ जिल्लाको विकासका लागि पर्याप्त श्रोत साधन उपलब्ध गराउन संघीय सरकारसंग माग गरेका छन् ।  

उक्त मागपत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री गिरीले पढेर सुनाएपछि प्रधानमन्त्रीको सचिवालयलाई बुझाइएको छ । जनप्रतिनिधिहरु तथा प्रमुख दलका नेताहरुले प्रधानमन्त्री ओलीलाई  बुझाएको मागपत्रमा तुलसीपुरस्थित ऐतिहासिक टरिगाउँ विमानस्थलको धावनमार्ग स्तरोन्नतिका लागि डिपीआर गर्ने र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको छ । 

त्यसैगरी घोराही-तुलसीपुर चारलेन सडक यथाशिघ्र टेण्डर गर्ने, दाङ जिल्लासंग सीमा जोडिएको कोइलाबास भन्सार नाकालाई सुचारु गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जग्गा प्राप्त गरी प्रतिष्ठानमा एमविविएस तहको पढाई तत्काल सुरु गर्ने, दंगीशरण राजाको पहिचान तथा थारु संस्कृति झल्किने गरी सुकौरा राजकोटमा संरचना निर्माण गर्ने, सुकौरा-चरकमटिया सडकका लागि आवश्यक बजेट विनियोजन गरी टेण्डर गर्ने, देउखुरी उपत्यकामा रिङरोड निर्माण गरी मेट्रो बस सन्चालन गर्ने, स्वर्गद्वारी आश्रम र नेपाल संस्कृत विश्व विद्यालयको नाममा रहेको जग्गा संरक्षण र उपयोग गर्ने तथा राप्ती बबई क्याम्पसलाई त्रिविविको आंगिक क्याम्पस बनाउने लगायतका माग समेटिएका छन् ।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले टरिगाउँ विमानस्थल स्तरोन्नतिका साथै लमही-घोराही-तुलसीपुर सडक विस्तारका लागि सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे  । उनले जिल्लाको विकासमा सबै दलका नेताहरु एकै ठाउँमा उभिनु सकारात्मक भएको पनि बताए । दाङबाट गएको प्रतिनिधिमण्डलमा एमाले नेतृ मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी , दंंगीशरण गाउँपालिकाआ अध्यक्ष शम्भु गिरी लगायत सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्