चाडपर्वमा खाद्यवस्तुको सहज र सुपथ मूल्यमा आपूर्ति गर्न निर्देशन

शनिबार, भदौ ८, २०८१
honor mob  winter sales

काठमाडौं । चाडपर्व नजिकिदै गर्दा संसदीय समितिले चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुने गरी बजारको बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । 

Honor x7 pad

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्वका बेला खाद्यवस्तु सहज र सुपथ मूल्यमा उपलब्ध हुने गरी बजार अनुगमनको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । 

चिनी, चामल, तेललगायतका खाद्य वस्तुहरूको बलो बजारी, अस्वाभाविक मूल्यवृद्धि नहुने गरी आवश्यक व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराइएको समितिका सभापति अब्दुल खानले जानकारी दिए । त्यसै गरी बैठकले आवश्यकताअनुसार सुपथ मूल्य पसल देशका विभिन्न स्थानमा बिस्तार गर्न पनि सरकारलाई निर्देशन दिएको छ। सभापति खानले चिनीलगायतका कुनै पनि खाद्य वस्तुको अभाव हुन नदिने गरी खरिद प्रक्रियालाई प्रभावकारी बनाउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको बताए । 

उनले भने,‘चाडपर्वको अवसरमा हुने गरेको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धिलाई रोक्न मन्त्रालय र मातहतका निकायबाट हुने गरेको बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन, सुपथ मूल्य पसलहरू मुलुकको विभिन्न स्थानमा बिस्तार गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने । समितिको २०८० पुस ४ गतेको बैठकबाट दिइएको निर्देशन मन्त्रालयलाई पठाइएकोमा हालसम्म पनि कार्यान्वयनको अवस्था समितिलाई जानकारी नभएकाले पुनः जानकारीका लागि पत्रदेखि पठाउने । चिनीको अभाव हुन नदिने गरी सरकारले त्यसको आवश्यक व्यवस्था मिलाउने।’

बैठकमा सांसदहरूले खाद्यवस्तुको अखाद्य वस्तुको मिसावट हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्