'रवि लामिछानेलाई किन थुन्न ढिला गरेको?':सांसद बस्नेत

शुक्रबार, भदौ ७, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसका नेता एवंं सांंसद जीतजंंग बस्नेतले रवि लामिछानेलाई पक्राउ गर्न किन ढिला गरेको भनेर प्रश्न गरेका छन् । 

Honor x7 pad

कांग्रेस केन्द्रीय सदस्य बस्नेतले गृहमन्त्री रमेश लेखकलाई पूूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयमा आजको केन्द्रीय समितिको बैठकमा नेता बस्नेतले भने-' गृहमन्त्री अनि सरकार हाम्रै छ, रवि लामिछाने थुन्न किन ढिला गरेको ?' 

सामाम्य नागरिक भएको भए दोहोरो राहदानी र नागरिकता के-के मुद्दा लाग्थ्यो तर लामिछानेलाई सोही मुद्दामा किन पक्राउ गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए। त्यसैगरि सहकारी ठगी प्रकरण लामिछानेलाई अर्को आरोप लाग्दा किन थुन्न नसकेको भन्दै बस्नेत गृहमन्त्रीलाई प्रश्न गरेका हुन् ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्