बाँके कांग्रेसले सुरु गर्‍यो कृयाशील सदस्यता परिचयपत्र वितरण

शुक्रबार, भदौ ७, २०८१
honor mob  winter sales

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु भएको छ । आजदेखि क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्न सुरु गरिएको हो । पार्टी कार्यालयबाट वडा सभापतिहरुलाई क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्न सुरु गरिएको कार्यालय सचिव अमित कँडेलले जानकारी दिए।

Honor x7 pad

सभापति नारायण प्रसाद गौडेलसहित पार्टी पदाधिकारीले वडा सभापतिलाई सम्बन्धित वडाको क्रियाशील सदस्यता परिचयपत्र हस्तान्तरण गरेका छन् ।

'पहिलो दिन क्षेत्र नम्बर ३ का वडा सभापतिलाई बोलाएर कार्ड दिएका छौं, आइतबार क्षेत्र नम्बर १ र २ का वडा सभापतिलाई पार्टी कार्यालयबाटै परिचयपत्र वितरण गर्छौैं,' प्रबक्ता डिल्ली गिरीले भने । सचिव सुधांशु कोइराला, सहसचिव रेनु सिंह ठाकुर, प्रबक्ता गिरी, सदस्य रामचन्द्र गुप्ताले कार्ड वितरण गरेका थिए ।

वडा सभापतिले पार्टी छाडेका, पार्टीबाट कारबाही भएका, मृत्यु भएका र बुझाउन बाँकी रहेका बाँकी कार्ड तथा बुझाएको कार्डको भरपाई पार्टी कार्यालयमा बुझाउनुपर्नेछ ।    

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्