Dashain Banner
Dashain Banner

सेनाले खुलायो २८० अधिकृतका लागि भर्ना ( सूचनासहित)

शुक्रबार, भदौ ७, २०८१

काठमाडौं । नेपाली सेनाले ठुलो संख्यामा रिक्त रहेको अधिकृत पदमा भर्ना आह्वान गरेको छ। 

Dashai add

सेनाले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा २८० जना अधिकृत  भर्नाका लागि दरखास्त आह्वान गरेको जानकारी दिएको छ।

सेनाले इच्छुक उमेर पुगेका नेपाली नागरिकले नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np बाट अनलाइन फाराम भर्न सकिने बताएको छ। 

इच्छुक नेपाली नागरिकले फाराम भरेर सोको प्रिन्ट लिएर स्वयम उपस्थित भएर तोकिएको भर्ना केन्द्रमा दश रुपैयाँको टिकट टाँँसेर दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ भने आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र थप ७ दिनसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने सेनाले जनाएको छ।

यस्तो छ सूचना -

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्