एपीएफका तीन भलिबल खेलाडी सम्मानित, ठगुन्नाको बढुवा

बुधबार, साउन ३०, २०८१
honor mob  winter sales

काठमाडौं । सशस्त्र प्रहरी बलले काभा वुमन्स भलिबलमा नेपालको तर्फबाट सहभागिता जनाएका आफ्ना सशस्त्र प्रहरीका खेलाडीहरुलाई सम्मान गर्दै एक जनालाई बढुवा गरेको छ।

Honor x7 pad

आज हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीको तर्फबाट खेलाडीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सम्मान गरेका हुन् ।

आईजीपी अर्यालले सशस्त्र प्रहरीक्प एपीएफ क्लवबाट प्रतिनिधित्व गरेका खेलाडीहरु सरस्वती चौधरी , निरुता ठगुन्ना र कविता भट्टलाई नगद पुरस्कारसहित सम्मान गरेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ। नगदसहित पुरस्कृत हुने चौधरी सशस्त्र प्रहरी सहायक हवल्दार हुन भने ठगुन्ना भट्ट सशस्त्र प्रहरी जवान हुन् । काभा वुमन्स भलिबल '२०२४' मा उत्कृष्ट प्रदर्शन गरेर फाइनल यात्रा तय गर्न महत्त्वपूर्ण भुमिका खेलेकी ठगुन्ना जवानबाट सहायक हवल्दार बढुवा भएकी छिन्।

उनीहरुले लामो समयदेखि एपीएफ क्लबमा आवद्ध रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्र र संगठनको शीर उच्च राख्न खेलेको महत्त्वपूर्ण योगदानको कदर गर्दै सशस्त्र प्रहरीले गरेको सम्मानमा आईजीपी अर्यालले नगदसहित कदरपत्र प्रदान गरेका हुन् ।

सशस्त्र प्रहरीको सहायक हवल्दारमा बढुवा भएकी ठगुन्नालाई आजै  सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक एसएसपी रमेश कुमार पाण्डेले दज्र्यानी चिन्ह प्रदान गरेका थिए।

यसअघि पनि सशस्त्र प्रहरीले  सरस्वतीलाई २२ औं सशस्त्र प्रहरी दिवस-२०७९ का अवसरमा  जवानबाट सहायक हवल्दार पदमा बढुवा गरेको थियो।

 

 

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्