आजकै दिन शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन संसदले खेलेको भूमिकाको प्रचण्डले गरे प्रशंसा

बुधबार, साउन ३०, २०८१
honor mob  winter sales

काठमाडौँ । पूूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिन फेरि ऐतिहासिक बनेको बताएका छन् ।  आजको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा प्रचण्डले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन आजको दिन संसदले खेलेको भूमिकाको प्रशंसा गरे । 

Honor x7 pad

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि प्रतिनिधि सभाको बैठकमा भनाइ राख्दै प्रचण्डले तत्कालीन विद्रोही माओवादीसँग सात राजनीतिक दलहरुले गरेको सहमतिबाटै शान्ति प्रक्रियाको बिजारोपण भएको बताए । 

उनले सोही सहमतिले नै एउटा विद्रोही पार्टीसँग मिलेर सरकारले शान्ति प्रक्रियाको थालनी गर्नु विश्वमा कतै नभएको भन्दै यो नेपालका लागि अपनत्व भएको पनि बताए । उनले यहाँ कुनै पनि देशको शान्ति प्रक्रियाको नक्कल नगरिएकोसमेत बताए । 

सो क्रममा प्रचण्डले तत्कालीन २०६२–६३ को जनआन्दोलनका कमाण्डर एवं कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई सम्झे । 

२०६३ को मंसिर ५ गते भएको वृहत शान्ति सम्झौतालाई सम्झेर प्रचण्डले सेना समायोजन गरे वापत आफ्नो पार्टी विभाजन भए पनि देश भने बचेको बताए । 

अब संसदमा पेश भएको उक्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक पारित भएर छिट्टै शान्ति प्रक्रिया टुंगोमा पुग्ने आशासमेत प्रचण्डले व्यक्त गरे । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्