'यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर सरकारको रक्षा मैले गर्नेछु': गगन थापा

मंगलबार, साउन २९, २०८१
Honor 600 pro

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार निमार्ण गर्न आफू नलागेको बताउँदै सरकारको रक्षा गर्ने जिम्मा भने आफ्नो भएको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि भने आफू उभिने थापाले बताए ।

‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने ।  

तर उनले सरकारले देखिने गरी काम भने गर्नुपर्ने बताए। उनले मन्त्रीहरुबीच आपसमा समन्वय गरेर साना साना देखिने कामहरु तत्काल गरेर जनतालाई सरकार भएको महसुस गराउन पनि आग्रह गरेका छन् । 

उनले मन्त्रीहरुले काम गर्दा प्रशंसा पनि गर्ने तर काम नगर्दा आलोचनासहित प्रश्न पनि गर्ने सांसद थापाले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्