नतिजा दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउने मन्त्रीको चेतावनी

सोमबार, साउन २८, २०८१
honor mob  winter sales

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नतिजा  दिने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी समेत दिए । 

Honor x7 pad

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिने गरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरूलाई सचेत गराए । 

प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुने गरी काम गर्न विशेष ध्यान दिन पनि मन्त्रालयका कर्मचारीलाई भने । 

उनले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरूको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने पनि बताए । कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरूले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने बताए । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्