श्रोत नखुलेको २ लाख रुपैयाँसहित भारतीय युवक पक्राउ

शनिबार, साउन २६, २०८१
honor mob  winter sales

रौतहट। सशस्त्र प्रहरीले रौतहटबाट श्रोत नखुलेको लाखौं रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Honor x7 pad

सशस्त्र प्रहरी बल नंं.११ गण गौरबाट खटिएको टोलीले बौधिमाई गाउँपालिका-७ अरुवा खोला छेउ  नेपाल भारत सीमावर्ती स्थानबाट श्रोत नखुलेको दुई लाख ११ हजार ८४०  रुपैयाँसहित भारतको बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ बर्षीय रबिन्द्र कुमारलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले शुक्रबार साँझ रबिन्द्रलाई भारतबाट नेपाल आउँदै गर्दा चेकजाँच का क्रममा उनी सवार विआर ३० ए एफ ६९३९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।

सशस्त्र प्रहरी रौतहटले बरामद गरेको अवैध रुपैयाँ र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित रबिन्द्रलाई आबश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाएको जनाएको छ।

 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्