रुष्ट बनेका कांग्रेस लुम्बिनीका प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा

शुक्रबार, साउन २५, २०८१
honor mob  winter sales

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांंसद तथा लुम्बिनी संंसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताएका छन्। 

Honor x7 pad

तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताए पनि उनी निकट मन्त्री नपाउँदा राजीनामा दिएको बताउँछ।

नेपाली कांग्रेसका तर्फबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् ।

सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्रीको सूचीबाट उनको नाम हटाइएको थियो। त्यसपछि उनी रुष्ट बनेका थिए। 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्