दंगीशरणमा नेपाल महिला संघले गर्‍यो प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम

शुक्रबार, साउन २५, २०८१
Honor 600 pro

दाङ । दाङको दंंगीशरण गाउँपालिकामा नेपाल महिला संघ दाङले प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ। नेपाल महिला संघ दाङले ७७ औं स्थापना दिवसको अवसरपारी स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा  गरेको हो ।

महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि देखिने हरेक समस्याका वारेमा ग्रामिण भेगका महिलाहरुमा सचेतनाको माध्यमबाट जानकार गराउन जिल्ला स्तरको कार्यक्रम आयोजना गरिएको दंगीशरण गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काले बताइन ।

कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरुको हक र अधिकारको संरक्षणका लागि महिलाहरु स्वएंम जागरुक हुन आवस्यक रहेको बताएका थिए ।

नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावतको अध्यक्षता नेपाली काँग्रेस दाङका पूर्व जिल्ला सभापति घनश्याम रेग्मिको प्रमुख आथित्यता र काँग्रेस नेता केशव आचार्यको बिशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संगठनको सुदृढीकरणमा योगदान पु¥याएको भन्दै पार्वती कँडेललाई सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्