सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सर्वसम्मत पारित

बिहीबार, साउन २४, २०८१
honor mob  winter sales

काठमाडौं  । संसदीय समितिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रूपले पारित गरेको हो । 

Honor x7 pad

समितिको बैठकमा विधेयकको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको थियो । विधेयकको सम्बन्धमा आवश्यक छलफल गरी निष्कर्षमा पुर्‍याउनका लागि सहजीकरण गर्न गठन भएको संयन्त्रले विवादित विषयहरूमा सहमति गरी शीर्ष नेताहरूलाई बुझाएको प्रतिवेदनको आधारमा विधेयकको मस्यौदा आएको थियो । सो मस्यौदाउपर सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए । 

सबै सांसदहरूले विधेयकमाथि धारणा राख्दै सम्पूर्ण रूपमा समर्थन जनाएपछि सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदनको मस्यौदालाई सर्वसम्मतिले पारित भएको घोषणा गरिन् । उनले समितिको बैठकबाट पारित भएको समितिको प्रतिवेदनलाई प्रतिनिधि सभाको आगामी बैठकमा पेश गर्ने व्यवस्था मिलाइदिनका लागि सभामुखलाई पत्रका साथ अनुरोध गरिने जानकारी दिइन् ।

सभापति सुवेदीले विधेयकलाई पारित गर्ने तहसम्म आइपुग्दा यस प्रक्रियामा संलग्न सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरिन् ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्