स्वास्थ्यमन्त्री पौडेल बाँके आउँदै

बिहीबार, साउन २४, २०८१
honor mob  winter sales

नेपालगञ्ज । स्वास्थ्य मन्त्री प्रदीप पौडेल भोलि बाँके आउँदैछन् । स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएपछि पौडेल पहिलोपटक बाँके आउन लागेका हुन् । पौडेल भोलि दिनभर बाँकेमा व्यस्त रहने कार्यतालिका छ ।
 
भोलि विहान नेपालगञ्ज आउने उनले सुरुमा ११ बजे भेरी अस्पतालको नयाँ इन्डोर भवनको उद्घाटन गर्नेछन्। स्वास्थ्य सचिव डा. रोशन पोख्रेलसहित आउन लागेका मन्त्री पौडेलले भेरी अस्पतालको नयाँ इन्डोर भवनको औपचारिक उद्घाटन गर्नेछन् । त्यसपछि एमआरआइ सेवाको समेत औपचारिक उद्घाटन गर्ने कार्यतालिका रहेको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताए । अस्पतालले एक वर्ष अघि नै एमआरआइ सेवा सुरु गरिसकेको छ । त्यसपछि उनले अस्पतालको अवलोकन गर्नेछन् ।

Honor x7 pad

भेरी अस्पतालको कार्यक्रमपछि उनी नेपाली कांग्रेस पार्टी कार्यालयमा जानेछन् । दिउँसो १ बजे नेपाली काँग्रेस बाँकेको कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरिएको पार्टी सभापति नारायण प्रसाद गौडेलले जानकारी दिए ।

पार्टी भेटघाट कार्यक्रमपछि उनी कोहलपुर नगरपालिकाले आयोजना गरेको स्वास्थ्य बीमा कार्यक्रम उद्घाटनका लागि कोहलपुर जानेछन् । कोहलपुर नगर अस्पतालमा स्वास्थ्य वीमा कार्यक्रमको दिउँसो २ः३० बजे मन्त्री पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि मन्त्री पौडेल सुशील कोइराला क्यान्सर अस्पताल खजुराको अवलोकनमा समेत जाने कार्यक्रम रहेको बताइएको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्