श्रोत नखुलेको १२ लाख रुपैयाँ बढीसहित दुई युवक पक्राउ

बुधबार, साउन २३, २०८१
honor mob  winter sales

पर्सा । सशस्त्र प्रहरीले पर्साको नेपाल-भारत सीमा नाकाबाट श्रोत नखुलेको १२ लाख रुपैयाँ बढी नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

सशस्त्र प्रहरी बल पर्साका अनुसार विशेष सूचनाका आधारमा गएको टोलीले बाराको प्रसौनी गाउँपालिका- ५ घर भएका विकास कुमार र भारतको रक्सौल बस्ने श्यामकुमार महतोलाई श्रोत नखुलेको १२ लाख ५० हजार रुपैयाँसहित पर्साको सीमा नाकाबाट पक्राउ गरेको हो।

चेकजाँच का क्रममा सशस्त्र प्रहरी वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया स्थित नेपाल–भारत नाकाबाट दुबै जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले उनीहरुबाट १२ लाख ५० हजार नगदसहित ना ३५ प ६७१६ र भारतीय बीआर ०५ एए ०९०६ नम्बरको मोटरसाइकल बरामद गरेको हो।

सशस्त्र प्रहरीले बरामद गरेको नगद , दुई मोटरसाइकलसहित पक्राउ परेका दुई जनालाई आबश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाएको जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्