दाङमा १७ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ

बुधबार, साउन १०, २०८०
Honor 600 pro

दाङ । दाङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई प्रक्राउ गरेको छ ।

प्रहरीले घोराही-१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ।

बिवाह गर्ने बहानामा गत असार १० गते दिउँसो खनालले ती किशोरीलाई आफ्नै घरमा बोलाई बलात्कार गर्दै शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका खनालसँग जबर्जस्ती कारणी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्