Dashain Banner
Dashain Banner

आफैले चलाएको गोली लागेर नेपाली सेनाका जवानको मृत्यु

शनिबार, साउन १९, २०८१

नवललुर। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ। 

Dashai add

कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

मिजार धादिङको गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत छन्।

मिजारले आज दिउँसो कोत घरमा रहेको ५.५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको डिएसपी पौडेलले बताए।

घटनाबारे जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको डिएसपी पौडेलले बताए। रासस।

 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्