गुरु बराल एमाले उपाध्यक्ष मनोनीत हुँदा अरु १७ जना केन्द्रीय सदस्यमा मनोनीत

बिहीबार, साउन १७, २०८१
honor mob  winter sales

काठमाडौं । गुरु बराल नेकपा एमालेको उपाध्यक्षमा नियुक्त भएका छन् । एमालेको आज बसेको केन्द्रीय समितिको बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको हो। यसैगरी बैठकले लीलानाथ श्रेष्ठ र मुकुन्द न्यौपानेलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको महासचिव शंकर पोखरेलले बताए ।

Honor x7 pad

बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। मनोनीत हुनेहरुमा  सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम),गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर) सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर)  रहेका छन् ।

त्यसैगरी आजको बैठकले  एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु),नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौँ) कमला केसी (कैलाली) लाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरेको महासचिव पोखरेलले जानकारी दिएका छन् 

त्यस्तै केन्द्रीय समितिको बैठकले  मायानाथ अधिकारीलाई अनुशासन आयोगको सदस्यमा मनोनीत गरेको छ भने   सल्लाहकार परिषद् सदस्यमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा. गोपाल खनाल (नवलपुर), खालित हुसेन हक (सुनसरी) लाई  मनोनीत गरेको छ।

सल्लाहकार परिषद्  सदस्यमै  हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती), सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोशी),अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा),धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके),जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी) र मकवानपुरका सुवासचन्द्र ठकुरीलाई पनि मनोनीत भएका छन् ।

यसैगरी सल्लाहकार परिषद् सदस्यमै रोल्पाका शान्तकुमार ओली  विना ज्ञवाली (बर्दिया), खोटाङका हरि पोखरेल  कवीन्द्र शेखर रिमाल (काठमाडौँ), सर्वध्वाज सावा लिम्बु (सुनसरी), गणेशसिंह धामी (दार्चुल), नन्द केशर ढकाल (रुपन्देह), लक्ष्मी प्रसाद जोशी (डडेलधुरा), रामहरी सुवेदी (काभ्रे),सरस्वती पाटी (भक्तपुर) पनि मनोनीत भएको महासचिव पोखरेलले बताए।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्