एक दर्जन बढी सचिवहरुको सरुवा

मंगलबार, साउन १५, २०८१
honor mob  winter sales

काठमाडौँ । सरकारले सचिवहरुको ब्यापक हेरफेर गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भारी संख्यामा सचिवहरुको हेरफेरि गरेको हो । 

Honor x7 pad

जसमा अर्थ मन्त्रालयको दुवै सचिवको जिम्मेवारी घिमिरेबन्धुलाई दिइएको छ। अर्थ सचिवको जिम्मेवारी रामप्रसाद घिमिरे र राजस्व सचिवमा दिनेशकुमार घिमिरे आएका छन् । 

अर्थमन्त्री वर्षमान पुन हुँदाका अर्थ सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरेर राजस्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिव बनाइएको हो । 

राजस्व सचिवमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई ल्याइएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूलाई काम गर्न सहज हुने गरी घिमिरेबन्धुलाई ल्याएका हुन् । 

अन्य हेरफेर भएका सचिवहरुमा संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द निरौको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिलामा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरत सुवेदीलाई ल्याइएको छ। 

श्रम सचिव धनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि सचिव बनाइएको छ भने सञ्चारबाट सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरिएको छ । 

अख्तियारका सचिव रामेश्वर दंगाललाई रक्षा मन्त्रालय ल्याएर रक्षाका सचिव किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोग पठाइएको छ । 

वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटी वाणिज्य तथा आपूर्ति सचिवमा सरुवा भएका छन् । राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा लोकसेवा आयोग पुगेका छन् ।

लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद दुवाडीको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालयमा तथा भूमिमा राष्ट्रिय तथ्याङ्क कार्यालयका अर्जुनप्रसाद पोखरेलको सरुवा भएको छ । 

नेपाल ट्रष्टमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साह पुगेका छन् । सतर्कता केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सरजु वैधको सरुवा भएको छ।

भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा जल तथा ऊर्जा आयोगबाट केशवकुमार शर्मा आउँदा ऊर्जा आयोगमा खानेपानी सचिव सुरेश आचार्यको सरुवा भएको छ । 

ऊर्जा मन्त्रालयमा भौतिकका गोपालप्रसाद सिग्देल पुगेका छन् भने खानेपानी सचिवमा नेपाल ट्रष्टबाट प्रमिलादेवी बज्राचार्यको सरुवा भएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्