नेपाली कांग्रेस बाँके-काठमाडौं जिल्ला सम्पर्क समितिको सभापतिमा दिलबहादुर वली चयन

१७ सदस्यीय समितिको उपाध्यक्षमा कमला डिसी
शनिबार, साउन १२, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेस बाँके - काठमाडौं जिल्ला सम्पर्क समितिको प्रथम अधिवेशनले दिल बहादुर वलीको सभापतित्वमा १७ सदस्य समिति गठन गरेको छ।

Honor x7 pad

आज काठमाडौंको अनामनगरमा सम्पन्न प्रथम अधिवेशनबाट सभापति  वली रहेको समितिको उपाध्यक्षमा कमला डिसी र सचिवमा गोविन्द पौडेल चयन भएका छन् । त्यस्तै समितिको सहसचिवमा नितेशसिंह  मौर्य र कोषाध्यक्षमा सुवास पौडेल सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरी समितिको सदस्यहरुमा चिरञ्जीवी गौडेल, अर्जुन पौडेल , सुष्मा शर्मा, गोपाल काफ्ले , राजेन्द्र खड्का, कर्ण कठायत, हरिबहादुर बुढाथोकी, वीरेन्द्र थारु, तारा रिजाल, किरण लम्साल, सुशान्त अधिकारी र तिलक बहादुर खत्री चयन भएको समितिका अध्यक्ष वलीले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको प्रमुख आतिथ्यता तथा बाँके कांग्रेस सभापति नारायण प्रसाद गौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको प्रथम अधिवेशनमा कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा कोहलपुर वृहत्  खानेपानीका अध्यक्ष टेकनारायण भुसाल, नेपाली कांग्रेस बाँकेका पूूर्व सचिव एवंं राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, बाँके कांग्रेसका प्रवक्ता तथा सामुदायिक बन उपभोक्ता महासंघ नेपालका सचिव डिल्ली गिरी,कोहलपुर नगरपालिकाका मेयर पुर्ण आचार्य लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

 

 

 

 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्