बाँकेको नरैनापुरमा राप्तीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार

बुधबार, साउन १०, २०८०
honor mob  winter sales

नेपालगन्ज । सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले बाँकेको नरैनापुरबाट राप्ती नदीमा आएको बाढीमा फसेका २६ जनाको उद्दार गरेको छ।

Honor x7 pad

मंगलबार राति ९ बजे  नरैनापुर गाउँपालिका-५ भगवानपुरघाटमा राप्तीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्दार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

नेपाल-भारतको सिमावर्ती  जमुनाह बजारबाट फर्किने क्रममा नरैनापुरस्थित मटैहिया, जमुनी र गंगापुर लगायत गाउँका स्थानीयहरु राप्ती नदीमा एक्कासी पानीको बहाव बढेपछि भँगालोमा फसेका उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो।

उद्दार सामग्री सहित तत्कालै उक्त स्थानमा खटिई  बीओपी गंगापुरको विपद् व्यवस्थापन टोलीसँगै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य ,  नरैनापुर गाउँपालिका प्रमुख स्तियाक अहमद शाह, बाँके प्रहरी प्रमुख ,सन्तोष राठौर, सशस्त्र प्रहरी नं. ३० बागेश्वरी गणका प्रमुख रमेश बिक्रम शाही र सशस्त्र प्रहरी भगवानपुर बिओपी प्रमुख दीपक भट्ट लगायत अन्य स्थानीय जनप्रतिनिधिहरु  खटिएर  उनीहरुको सकुशल उद्दार गरिएको जिल्ला प्रशासन बाँकेले जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्