बागमतीका मुख्यमन्त्रीले बनाए १४ सदस्यीय मन्त्रिपरिषद्

शुक्रबार, साउन ११, २०८१
honor mob  winter sales

हेटौँडा । बागमती सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार मुख्यमन्त्री लामाले नेपाली कांग्रेसका ४ जना मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री लामाले नियुक्त गरेका मन्त्रीहरूमा मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, विमल ठकुरी र प्रभात तामाङ छन् । 

Honor x7 pad

नव नियुक्त मन्त्रीहरूको मन्त्रालयसमेत तोकिएको छ । जसमध्ये मीनकृष्णलाई युवा तथा खेलकुद मन्त्रालय, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र प्रभातलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि मन्त्रीमा नियुक्त भएर बुधबार सपथ लिइसकेका कांग्रेसकै ३ जनामध्ये २ जनालाई मन्त्रालयको जिम्मेवारी दिइए पनि एक जनाको मन्त्रालय अझै टुंगो लागेको छैन । 

कुन्दनराज काफ्लेलाई सामाजिक विकास मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सुम्पिँदा मदुकुमार श्रेष्ठको मन्त्रालय तोकिएको छैन ।

१४ सदस्यीय मन्त्रिपरिषद्‌मा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रेम भक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, किरणले थापा स्वास्थ्य मन्त्रालय र  सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्